FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ बि.सं. २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६ गते देखि नै पाटन नगरपालिकाको स्थापना  हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट  (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा अवस्थित रहेको छ । पाटन नगरपालिकामा जम्मा  १० वटा  वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेका  छन् । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७  डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । राष्‍ट्रिय जनगणना २०७८ को संक्षिप्‍त नतिजा अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९२३०  रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर (-०.३९%) अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघे संक्रान्ति , होली, गौरा, औल्के संक्रान्ति , कृष्ण जन्माष्टमि, बुद्ध जयन्ती,  यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।

स्थापना : बि सं. २०७१/०८/१६ साल

भौगोलिक अवस्थिति कूल क्षेत्रफलः २१९.२६ बर्ग कि.मि

काठमाण्डौं देखिको दुरीः ८३३.३ कि. मि.

समुद्री सतहदेखि उचाइँ : २४३९ देखि ६९३६ फीट 

राष्‍ट्रिय जनगणना २०७८ को संक्षिप्‍त नतिजा अनुसार जम्मा जनसंख्या : २९२३०

                                    पुरुष जनसंख्या : १३५५८ र महिला जनसंख्या: १५६७२ 

                                    परिवारको औसत आकार : ४.५४ ,   जनघनत्‍व :१३३

                                    परिवार संख्‍या ः ६४४२

                                    साक्षरता दर (%) ः 

                                                जम्‍मा ः ८०.५३        पुरुष ः ९१.८६          महिला ः ७१.१५

राजनैतिक बिभाजन : प्रदेश - सुदूरपश्चिम, अंचल - महाकाली , जिल्ला - बैतडी

प्रदेश संसदीय निर्वाचन क्षेत्र   : १ 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या : १   क्षेत्र नं. 'क ' भित्र पर्ने 

वडा संख्या : १०

सिमाना पुर्वः सिगास गाउँपालिका, पश्चिममा : द.न.पा / मे.न.पा , उत्तरः सुर्नाया गा.पा / दोगाडा केदार दक्षिणः डडेल्धुरा जिल्लाको सिमाना ।