FAQs Complain Problems

पाटन भ्याली बैतडी बाट बग्दै गरेकाे सुर्नया नदी

Read More

पाटन भ्याली बैतडी काे सुन्दर तस्बीर

Read More

पाटन बैतडी मा अवस्थीत उदयदेब काे मन्दिर

Read More

संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट  (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७  डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।

पाटन नगरपालिकाको नीति तथा कार्यक्रम २०७५/७६

जन प्रतिनिधि

केशब बहादुर चन्द
नगर प्रमुख
9851179711
सरस्वती कोलि
नगर उप-प्रमुख
9759500898

कर्मचारी

रबिन अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
9858722111

सेवाहरु

सेवा प्रकारः- नविकरण
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- पाटन नगरपालीका
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-

१- निबेदन 
२ नागरिता  प्रमाणपत्रको फोटोकफी, बन्दुक को इजाजत पत्रको फोटोकफी 

जानकारी